पुष २९ काठमाण्डौँ । क्रिकेटर सन्दिप लामिछाने तीन महिना लामो जेल बसाईपछि आज थुनामुक्त भएका छन् ।
जबरजस्ती करणीको आरोपमा थुनामा रहेका राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान लामिछाने उच्च अदालतको आदेशपछि २० लाख धरौटी बुझाएर आज रिहा भएका हुन् ।
धरौटीको प्रक्रिया पूरा भएपछि मात्रै लामिछाने थुनामुक्त हुने भएका हुन् । बिहिबार लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न पाटन उच्च अदालतले आदेश दिएको थियो ।
बिहिबार उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलासले लामिछानेलाई २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
लामिछाने गत असोज २० गते नाबालिग बलात्कारको अभियोगमा पक्राउ परेका थिए । उनी ३ महिना ९ दिन थुनामा बसेर रिहा भएका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline