हेटौंडा पुष २९ । पूर्व–पश्चिम राजमार्गस्थित मकवानपुरको मनहरी गाउँपालिका—९ भलादमी चोक छेउमा गएराति पहिचान नखुलेको गाडीले ठक्कर दिँदा स्कुटरमा सवार तीन जनाको मृत्यु भएको छ ।
ना ३९ प १४३९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा त्यसमा सवार मनहरी गाउँपालिका ८ का ३२ वर्षीय धर्मराज मोक्तान, मिलन मोक्तान र राक्सिराङ गाउँपालिका—३ का रुपेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनाका कारण आक्रोशित स्थानीयले बिहीबार राति ११ बजेदेखि बिहान ६ बजेसम्म राजमार्ग अबरुद्ध पारेका थिए ।
स्कुटरलाई ठक्कर दिएर भागेको सवारी साधन खोज्न प्रहरी परिचालित भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline