पुष २८ काठमाण्डौं । जबरजस्तीकरणी मुद्धामा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने धरौटीमा रिहा भएका छन्। उच्च अदालत पाटनले बिहीबार राष्ट्रिय क्रिकेट टोलीका कप्तानसमेत रहेका लामिछानेलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
हिजो कागजपत्र मिलाउन समय नभएका कारण आज धरौटी राखेर उनी छुट्ने छन् ।
उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालको संयुक्त इजलास पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेश बदर गरिदिएको हो।
सन्दीप लामिछानेलाई विदेश जान, सामाजिक सञ्जालमा मिडियामा बोल्न भने प्रतिवन्ध लगाईएको छ ।
काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई जबर्जस्ती बलात्कार गरेको भन्दै एक १७ वर्षीय किशोरीले प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन्।
जाहेरी परेको करिब एक महिनापछि असोज २० गते सन्दीप नेपाल फर्किएका थिए। त्यही बेला पक्राउ गरी प्रहरीले हिरासतमा राखेको थियो । पछि अदालतको आदेशमा उनी पुर्पक्षका लागि थुनामा गएका थिए ।