हाङ् चेम्जोङ निर्देशित ‘पान्थर सिलौटी’ सार्वजनिक

हाङ् चेम्जोङ निर्देशित ‘पान्थर सिलौटी’ सार्वजनिक

  • बिहिबार, पुस २८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

काठमाडौं । पूर्वेली लोकभाकामा आधारित गीत ‘पान्थर सिलौटी’ सार्वजनिक भएको छ । सुनिता थेगिम र कृष्ण भक्त राईले गाएको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो ।

उक्त गीतको शब्द साहित्यकार वियोगी काइलाले लेखेका हुन् । काँइलाको यसअघि सार्वजनिक भएको ‘ओ नुमा’ गीतले राम्रो चर्चा पाएको थियो । ‘पान्थर सिलौटी’लाई पदम मगरले संगीत भरेका छन् ।

यस गीतको भिडियोमा आशिष लिम्बु र नितु मादेनलाई फिचरिङ गरिएको छ । सहयोगी भूमिकामा एलिना नेम्बाङ, नुमा नेम्बाङ, सरिना तामाङ, विवेक हाङ्सरुम्बा र प्रकाश रम्तेल रहेका छन् । हाङ् चेम्जोङले निर्देशन गरेको यस भिडियोको छायांकन इशाक जबेगुले गरेका हुन् भने कोरियोग्राफि निङ्वा नेम्बाङ र श्रीङ्गार सोम मग्रान्तिले गरेका हुन् । भिडियो निर्माण भने गोमा देवी चेम्जोङ्ले गरेकी हुन् ।

भिडियो निर्देशक हाङ चेम्जोङको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी