सधै समाजको लागि सुखद अवसरहरु आईरँहदैन । कहिले काही असह्य बनेर कहाली लाग्दो अवस्था पनि समाजले बेहोर्नु पर्छ । त्यस्तो अवस्था नेपाली समाजमा विगतमा धेरै पटक दोहोरिएर नेपाली समाजको मुटु कलेजो खाईरहेका घटनाहरु प्रसस्त छन । यस्ता घटनाहरु विशेष साशनकालमा भैरहेका पाईएका छन । त्यसै अनुरुप पृथ्वी नारायण शाहको राजयकाल नेपालको लागि सुखद काल रहन पुगेको हो । पृथ्वी नारायण शाहलाई सानै उमेरमा गुरु गोरखनाथले आफुले खाएको जुठो दहि खाउ भनेर दिदा जुठो दहि खान अलमल गरे पछि त्यो दहि उनको पाउमा पोखिएछ । यसरी उनले दिएको दिव्य प्रसाद उनले खाएको भए वचन नै सिद्ध हुने थियो तर त्यो दहि उनको पाउमा खसेकोले वरदान स्वरुप गोरखनाथले भन्नु भएछ तिमिले त्यो दहि खाएको भए तिम्रो बचन सिद्ध हुने थियो, खाएनौ तिम्रो पाउमा खसेकोले तिमीले टेकेको जमिन तिम्रै अधिनमा हुन्छ । यो वास्तबिकताले पृथ्वी नारायण शाहलाई साथ दियो । यसर्थ गोरखनाथको बरदानको कारण पृथ्वी नारायण शाहको पौरखबाट नोपल भन्ने एकिकृत देशका नागरिक भएर हामी बाँच्न पाईरहेका छौँ ।
पृथ्वी नारायण शाहले आफूले गरेको विजय अभियान सगै यस्तो अभियानलाई समेत निरन्तरता दिने खालका सन्तान अथवा उत्तराधिकारी हुने आकांक्षा राखेका थिए । यसै अनुरुप आफ्ना जेठा छोराको नाम मेवाढ नरेश राणा प्रतापसिह शाह जस्तै पराक्रमी र युद्ध कुशल हउन भनेर प्रताप सिह शाह राखेका थिए । यसबाट के जानकारी लिन सकिन्छ भने उनले आफ्ना सन्तानले विरतापूर्वक देशको विस्तार एवं रक्षा गर्नेकाम निरन्तर राखुन भन्ने उनको आकांक्षा थियो । यद्यपी उनका कान्छा छोरा वहादुर शाह वाहेक अन्यमा विडम्वना नै भन्नुपर्छ त्यसप्रकारको ताकत रहन सकेको पाईएन । फलस्वरुप दरवारमा हैकम चलाउने छिना झट्टीमा आपसमा मारकाट भएको इतिहास दर्दनाक नै रह्यो ।
जब पृथ्वी नारायण शाहले पूर्व तर्फको विजय अभियान सकेर पश्चिम तर्फ त्यस्तै खालको विजय हासिल गरेर देशलाई एकिकरण गर्ने तयारीमालाग्ने योजना बनाउन नुवाकोट दरवारमा गई बसेका थिए । यसै वेला उनका जेठा भाई महोद्दाम कीर्ति र कान्छा भाई शुर प्रताप शाहले उनलाई छाडेर विरोधीको सरणमा पर्न पुग्नु दुःखद घटना थियो । यद्यपी यिनका कान्छा छोरा बहदुर शाह भने आफ्ना परक्रमी पिताको अभियान तिब्र बनाउन आतुर रहेको कुरा इतिहासले स्पष्ट पारेको छ । यसै अवस्थामा नेपाललाई एकिकृत राज्य सुम्पेर पृथ्वी नारायन शाह समाधिष्ठ हुन नुवाकोट नै अन्तिम गन्तव्य हुन पुगेको थियो । किनभने यसरी पश्चिम तर्फको विजय अभियानको तयारीको क्रममा उनि नुवाकोटमै अचानक विरामी परेर अप्रत्यासित रुपमा उनको देहावसान त्यही नै हुन पुग्यो भन्ने इतिहासकारको भनाई छ ।
यसपछि वि.सं. १८३१ मघ १ गते (१० जनवरी १७७५) मा नेपालको राजगद्दीमा प्रतापसिंह शाह विराजमान हुनपुगेको ऐतिहासिक जानकारी भैरहेको छ । जेहोस पृथ्वी नारायण शाह पछि विजय यात्रा सुखद हुन सकेन । यद्यपी पृथ्वी नारायण शाहले यो देशलाई लगायको गुण कैल्यै विर्सन सकिने छैन । किनभने उनले दिएको दिव्य उपदेशमा राजाले ठूला निया निसाप हेर्नु अन्याय मुलुकमा हुन नदिनु निया निसाप विगार्ने भनेका घुस खानेर घुस दिने नै हुन यिन दुईको त जिउ धन लिया पनि पाप छैन यि राजाका सतुर हुन भन्ने पृथ्वी नारायण शाहको दिव्य उपदेश कतिको गतिलो छ भन्ने कुरा अहिलेका प्रधानमन्त्रि प्रचण्डले राम्ररी ग्रहण गरेका छन् । किनभने देशमा भ्रष्टाचार हुन दिन्न भन्ने उद्घोषले सबैको लागि गतिलो सन्देश दिईरहेको छ । वहाले सम्पत्ति छानविन गर्छु भन्नु भएको छ यो कुरामा सफलता मिलोस जस्ते गर्दा अहिलेका उच्चाधिकारीको मात्र नभएर २०४६ पछिको सरकारले निजीकरणको नाममा बेचविखन गरेका संस्थाहरुको सम्पत्ति समेत खोजि गरि हिना मिना गर्नेलाई कारवाही गर्नुका साथै त्यस्ता अति उपयोगी उद्योगहरु पुनः स्थापना गर्ने तत्परता वहामा जागृत हुन पुगोस । । हामी सबै प्रचण्डकै साथमा छौं ।
यसैगरी पानी भयाका ठाउँमा गाउँ भया पनि गाउँ अर्को जग्गाा सारी पानी चलाउनु गरो बन्यको ठाउँमा घर भयापनि घर अर्को जग्गामा सारी कुलो कटाई खेत बनाई आवाद गर्नु भन्ने वहाको मन्त्र अहिले नेपालका भूमाफियाको चंगुलमा परेको उर्वर जमिन मास्ने अभियानमा तगारो हालेर जमिनको बचाउ गर्ने उपदेश यो । यसैले अहिले सरकारले भू उपयोग नीति बनाएर उर्वर जमिन बचाउने र नदी किनारामा सुकुम्वासीका नाममा जग्गा हडप्ने काम तुरुन्त बन्द गर्नुपर्छ ।
यसै गरि फिरंगीहरु देश भित्र पस्न नदिनु भन्ने वहाको भनाई ज्यादै गतिलो छ । अहिले फिरंगीको त के विदेशीको इसारामा सबैथोक चल्छ भन्ने सुनिदा कता कता नमिठो लाग्छ । यसर्थ विदेशीको हस्त क्षेपवाट यो देश पर राख्नु पर्छ । यस काममा पनि प्रचण्डको सफताको कामना गरौँ ।
यस्तै पृथ्वी नारायण शाहका थुप्रै दिव्य उपदेशहरु छन । यि सबैलाई राष्ट्रको अखण्डता र सर्वाधिक सम्बृद्धिको नीति बनाउनु सके यो देशमा कुनै पनि समस्या रहँदैन । अहिले दश बर्षसम्म जनयुद्ध जस्तो जोखिम पूर्ण युद्ध वेहोर्दै यसको नेतृत्व गरेका र खुला राजनीतिमा आए पछि पनि तत्कालिन कांग्रेश नेत गिरीजा प्रसाद कोईराला संगै रहेर शान्ति संझौता गरि खुला राजनीतिको समेत नेतृत्वको शिर्ष स्थानमा रहन सक्नु र गणतन्त्र पछिको पहिलो प्रधानमन्त्रि हुने अवसर प्रचण्डको लागि ठूलो कुरा हो । अहिले फेरी तेश्रो पटक समेत प्रधानमन्त्रि हुने वातावरण बन्नु प्रचण्ड पूर्ववत नरहेर फरक ढंगले प्रस्तुत हुन खोजेका छन भन्ने जनताको भनार्इंं सुन्नमा आउनु सुखद कृरा हो । फेरी प्रचण्डले दौरा सुरुवाल कैल्यै लगाएको देखिएको थिएन उनले प्रधानमन्त्रिको सपथमै दौरासुरुवालको नयाँ स्वरुपमा देखापर्नु जनताको लागि उत्साहको विषय हो । त्यस्तै यो देशको भ्रष्टाचार निवारण गर्छु भनेर कम्मर कसेका प्रधानमन्त्रि जनतले सार्वजनिक सेवा लिँदा लाईन बस्नु पर्ने अवस्थावाट मुक्त गर्न निर्देशन गरिरहनु भएको छ ।
प्रचण्ड प्रधानमन्त्रि हुने वित्तिकै चिनले उत्तरी सिमाको नाका खेलेर आवागमन र सामान ओसार पसार सहज बनाई रहेको छ । यतिमात्र नभएर आज प्रचण्ड पूर्ववत कोलिसन सरकारको आधार खल्वलिएको अवस्थामा ओलिसंग मिलेर आफ्नै हैसियत बनाउन सफल भएको छ । यस अवस्थामा राजाबादी भनिएका र अन्य साना दलहरुको समेत वहालाई साथ र सहयोग रहेको पाईन्छ । यो राम्रो कुरा हो देशले कांग्रेश कम्यूनिष्ठ नभनेर देशको सुरक्षा र जनताको संम्मान खोजेको हो । यो कुरामा यो सरकार सफल हुने लक्षण देखिएको छ । किनभने गणतन्त्र पछि कांग्रेशको सरकारले समेत नमनाएको गरेको पृथ्वी जयन्ति मनाउन विदा दिने पनि प्रचण्डनै हुन पुग्नुभएको छ । यो वहाको सर्व लोकपृय काम हो । यसपटक गोर्खाबार्टै चुनाव जितेका गोर्खामै जन्मेका पृथ्वी नारायण शाहले चालेको एकिकरण अभियानको सम्मान गर्दै श्रद्धाञ्जलि अर्पण गर्ने जनपक्षीय नेता प्रधान्मन्त्रि पुस्पकमल दाहाल प्रचण्ड नै हुनुहुने भएको छ । यसले के संकेत गर्छ भने हाम्रा पूर्ववत गुमेका कालापानी लगायतका भूभागको संरक्षण गरी विशाल नेपाल जस्तो बृहत अभियान वहाँकै पालामा संम्पन्न भएर पृथ्वी नारायण शाहको अधुरो अभियान पुरा हुने छ भन्ने आशा गरौँ । यसको साथै सबै दललाई एकसाथ लिएर वाम एकता गर्दै सबैलाई नेतृत्व दिने सफता प्रचण्डलाई मिलोस । पृथ्वी जयन्तिको अवसरमा एकिकरणका सूत्राधार नेपाल निर्माता पृथ्वी नारायण शाहमा हार्दिक श्रद्धाञ्जली तथा संम्मान गरौँ ।
-शिव अधिकारी , पूर्व महासचिव नेपालव्यवस्थापन संघ