संसदमा हाजिर गरीसकेका एमाले सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको गृहमन्त्री रविको दावी

संसदमा हाजिर गरीसकेका एमाले सांसद महतोलाई पक्राउ गर्न निर्देशन दिएको गृहमन्त्री रविको दावी

  • बुधबार, पुस २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

७ पुस, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले नेकपा एमालेबाट निर्वाचित सांसद लक्ष्मी महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिएको दावी गरेका छन् ।

बुधबार राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको चियापान कार्यक्रममा पत्रकारहरुले सोधेको प्रश्नको जवाफ दिँदै उनले फौजदारी मुद्दाका आरोपी सांसद महतोलाई पक्राउ गर्न प्रहरीलाई निर्देशन दिइसकेको जिकिर गरे ।

हिजो विस्वासको मत दिने दिन महतो संसद भवनमा उपस्थित भएका थिए ।

बुधबार पत्रकारहरुले गृहमन्त्री लामिछानेलाई फरार अभियुक्त संसदमै उपस्थित हुँदा पनि किन पक्राउ गर्न सक्नुभएन भनी प्रश्न गरेका थिए । संसदमा महतोलाई आफूले नदेखेको भन्दै लामिछानेले झुट बोलेका थिए ।

मधेश आन्दोलनका क्रममा असई थमन विकलाई घाइते अवस्थामा एम्बुलेन्सबाट निकालेर हत्या गरेको घटनामा सांसद महतो आरोपित छन् ।

उनी माओवादीका गिरीराजमणि पोखरेललाई पराजीत गर्दै सांसदमा महोत्तरीबाट निर्वाचित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ