पुुष २४ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डको निर्देशन र निरन्तर चासोपछि राहदानी विभागको समस्या समाधान भएको छ ।
पासपोर्टको लामो लाईन लाग्नुका साथै सफ्ट वेयरमा समस्या आएपछि विभागले राहदानी वितरण गरेको थिएन ।
विदेशबाट र स्वदेशकै विज्ञहरुको टिमले राहदानी विभागको सफ्टवेयरको समस्या समाधान गरेको हो ।
अब विभागले सूचना जारी गरी अब नेपाल ईपासपोर्ट एपमा वा म्यासेजमा पासपोर्ट तयार छ भन्ने जानकारी पाएपछि पासपोर्ट लिन आउन सकिने सूचित गरेको छ ।
पधानमन्त्रीको निर्देशन अनुसार राहदानी वितरण चुस्त पार्न विभाग लागि परेको पनि प्रवक्ता दुरपदा सापकोटाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline