काठमाडौँ । नेकपा माओवादी केन्द्रले विभिन्न वामपन्थी दलरूसँगको एकताका लागि उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा पाँच सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा महरासहित महासचिव देव गुरुङ, उपमहासचिव जर्नादन शर्मा ‘प्रभाकर’, सचिवहरू शक्ति बस्नेत र गिरिराजमणि पोखरेल रहेका छन् ।
कार्यदलले पहिलो चरणमै नेपाल समाजवादीसँग एकताको निम्ती वार्ता शुरु गर्नेछ ।
अध्यक्ष प्रचण्ड र नेसपाका अध्यक्ष बाबुराम भट्टराईबीच आज मात्रै पार्टी एकता गर्ने वालुवाटारमा सहमति भएको थियो ।
त्यस्तै बैठकले माघ ११ गते स्थायी समिति बैठक र माघ १५ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
आजको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिनका लागि सबै दलहरूसँग अपिल गर्ने निर्णय पनि गरेको छ । प्रधानमन्त्री प्रचण्डले पुस २६ गते विश्वासको मत लिँदैछन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline