आजबाट चरा गणना सुरु

आजबाट चरा गणना सुरु

  • शनिबार, पुस २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं, २३ पुस । आजबाट चरा गणना सुरु हुँदैछ। नेपालमा ३६ वर्षदेखि चरा गन्ने काम भइरहेको छ। पानीमा बस्ने चराको गणना (एसियन वाटरवर्ड काउन्ट) आजबाट सुरु भएर माघ ८ गते सम्पन्न गर्ने बताइएको छ। माघ १९ मा नतिजा सार्वजनिक गर्ने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ।

विभागको अगुवाइ तथा हिमाली प्रकृतिको संयोजनमा चरा गणना कार्य अघि बढेको हो। कोसी, बागमती, मनोहरा, राप्ती, नारायणी, खगेरी, ढुङरे, तेलार, दानो, तिनाउ, विजयपुर, कर्णाली, महाकाली, पश्चिम राप्तीलगायतका १५ वटा नदी प्रणालीको २७ स्थानमा यो गणना हुनेछ। त्यहाँका सिमसार क्षेत्रमा हरेक वर्ष जनवरी महिनाको पहिलो शनिबारबाट यस्तो गणना हुँदै आएको छ।

बसाइँसराइ गर्ने चराको प्रजनन नहुने समयमा गणना तथा अनुगमन गरी संख्या पत्ता लगाउने काम उक्त गणनाले गर्नेछ। यस्ता कार्यले सिमसार क्षेत्रको अवस्थाको बारेमा थाहा हुने र त्यस्ता क्षेत्रको संरक्षण तथा व्यवस्थापनमा आम नागरिकलाई सहभागी गराउनेलगायत रहेको विभागले जनाएको छ।

विभागका प्रमुख महेश्वर ढकालका अनुसार विश्वमा पाइने ९ प्रतिशत चरा नेपालमा पाइन्छ। नेपालमा कम्तीमा आठदेखि नौ सय प्रजातिका चराहरू पाइन्छन्। पछिल्लो समय चराका बासस्थान मासिँदा, सिमसार क्षेत्र सुक्दा, वन विनाश र डँढेलो तथा जैविक विविधता मासिँदा चरामा असर परेको छ। परागसेचनका लागि चराको भूमिका महत्वपूर्ण रहन्छ।

प्रमुख ढकालले आगामी दिनमा नेपालका ७ सय ५३ वटै पालिकाहरूमा पाइने चराको जानकारी राख्न तथा विशेष चरालाई उनीहरूले नै प्रवद्र्धन गर्न सके चराको संरक्षण हुने बताए । चराप्रतिको आकर्षण युवाहरूमा जगाउन आवश्यक रहेको उनले बताए।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ