नगर सभाकै दिन शुक्लाफाँटा ८ का वडाध्यक्षद्वारा राजिनामा

नगर सभाकै दिन शुक्लाफाँटा ८ का वडाध्यक्षद्वारा राजिनामा

  • शुक्रबार, पुस २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 14.5K
    SHARES

कञ्चनपुर, २२ पुष
कञ्चनपुर जिल्लाको मध्य भागमा रहेको शुक्लाफाँटा नगरपालिका ८ का वडाध्यक्ष बहादुर सिह महराले राजिनामा दिएका छन। निर्वाचित भएको ८ महिनामै वडाध्यक्ष महराले राजिनामा दिएका हुन ।
शुक्रबार नगरको १२औँ नगर सभा चलिरहेका बेला नगरप्रमुख राणबहादुर महरालाई वडाध्यक्ष महराले राजिनामा पत्र बुझाएका छन । नगर सभा चलिरहेकै बेला फिल्मीशैलीमा गएर वडाध्यक्ष महराले नगर प्रमुख महरालाई राजिनामा पत्र बुझाएका हुन ।नगर सभामा उपस्थित अन्य नगर सभा सदस्यहरु वडाध्यक्षको राजिनामाले हैरान भएका छन ।

बिहीबार राती समाजिक सञ्जाल मार्फत वडाध्यक्ष र नेकपा माओवादी पाटी परित्याग गरेको घोषणा गरेका वडाध्यक्ष महराले वर्तमान व्यवस्थालाई दोषारोपण गरेर राजिनामा दिएका हुन ।

मेयरसंग आफ्नो वडामा रहेका नदी खोला उत्खनन्को विषयलाई लिएर विवाद चुलिएपछि अन्तत आफ्नै राजिनामा दिएका हुन । वडाध्यक्षले नगर प्रमुखलाई राजिनामा बुझाएसंगै नेकपा माओवादी पाटी परित्याग गरेको घोषणा गर्दै नेकपा बहुमत प्रवेस गरेका छन । नेकपा बहुमत पाटी कञ्चनपुरका कार्यालय सचिव दिपेन्द्र सिह ऐरीले राजिनामा बुझाएका वडाध्यक्ष महरा नेकपा बहुमतमा प्रवेस गरेको बताए । ‘उता पार्टी र वडाध्यक्षबाट राजिनामा दिएर आउँनुभएका वडाध्यक्ष महरालाई हाम्रो पार्टीका सेती महाकाली ब्यूरो इन्चार्ज महान सहितले पाटी प्रवेस गराएका छन ।, ‘उनले भने, ‘अब उनलाई जिम्मेबारी दिईन्छ ।’ यसरी जनताले विश्वास दिएर वडाध्यक्षको जिम्मेबारीमा पु¥याएका वडाध्यक्षको राजिनामा प्रकरणले टिकाटिप्पणी भईरहेको छ । कस्ता जनप्रतिनिधी मान्छे चुतिएको रहेछ सनकी वडाध्यक्ष भन्दै जनमतको कदर गर्न आब्हान गरिएको छ ।

निरन्तर रुपमा जनभावना विपरित काम र भ्रष्टाचार भईरहेको त्यसको साँची बस्न नसकिने भन्दै राजिनामा दिएको उख्लेख गरेका छन । तर, राजिनामा नै सबै समस्याको समाधान नभई समाज सुधारका लागि अरुमाथि औला तेस्र्याउनु भन्दा आफैबाट शुरुवात हुनुपर्नेमा जोडदिईएको छ । वडाध्यक्षको राजिनामा बारे नगरपालिकाले कुनै आधिकारिक धारण अघि सारेको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ