ब्राउन सुगर सहित ४ जना पक्राउ

ब्राउन सुगर सहित ४ जना पक्राउ

  • शुक्रबार, पुस २२, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.4K
    SHARES

झापा, पुस २२ । झापाको दमक नगरपालिका-२ खरखरे स्थितबाट ब्राउन सुगर सहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक-२ का ३६ बर्षीय सन्तोष राजवंशी, ३६ बर्षीय लिला कुमार बुढाथोकी, २८ बर्षीय केशव धिमाल र ३१ बर्षीय सन्दिप लिम्बु रहेका छन् ।

इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले संकित अवस्थामा रहेका उनिहरुलाई चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ४ ग्राम फेला परेको थियो । ब्राउन सुगर सहित पक्राउ परेका उनिहरुको साथबाट प्रहरीले को १४ प ७७८४ र मे ८ प ३०६६ नम्बरको २ वटा मोटरसाईकल तथा बिभिन्न कम्पनिको ५ थान मोवाईल फोन समेत बरामद गरेको हो । पक्राउ परेका उनिहरुको इलाका प्रहरी कार्यालय दमकबाट थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ