कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका निराकारका परिवारलाई भेटे प्रधानमन्त्रीले

कम्बोडियाको क्यासिनोमा आगलागी हुँदा मृत्यु भएका निराकारका परिवारलाई भेटे प्रधानमन्त्रीले

  • बिहिबार, पुस २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.9K
    SHARES

पुष २१ काठमाण्डौँ । गत बिहीबार कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा भएको भीषण आगलागीमा परेर निधन भएका झापाका निराकार पाण्डेको परिवारलाई प्रधानमन्त्री प्रचण्डले भेटेर समवेदना प्रकट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार पाण्डेका बुवा अग्नि पाण्डे लगायत परिवारका सदस्यसँग प्रधानमन्त्री प्रचण्डले भेट गरेका हुन्।

प्रधानमन्त्रीसँगको भेटमा पाण्डेले छोराको अप्रत्यासित निधनले आफूहरू स्तब्ध भएको भन्दै सरकारले देखाएको चासो र जिम्मेवारीवोधप्रति धन्यवाद दिएका छन् ।

प्रधानमन्त्रीले निराकारको शव नेपाल ल्याउन र परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ