२१ पुस, बुटवल । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले छाडा साँढेलाई ट्रकमा बाँधेर घिसारेपछि नगरपालिकाको चौतर्फी बिरोध भएको छ ।
सिद्धार्थनगर नगरपालिकाका नगर प्रहरीले हिजो साँझ ट्रकको पछाडि बाँधेर साँढेलाई घसार्दै रगतपच्छे बनाएपछि बिरोध भएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी सिद्धार्थनगरका नेता अजय गुप्ताले छाडा चौपाया व्यवस्थापन गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको घटनामा संलग्नलाई कारबाही हुनु पर्ने माग गरेका छन् ।
विभिन्न स्थानीय राजनीतिक दल, संघ संस्थाहरु र सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले घटनाको तीव्र बिरोध गरेका छन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक खानले दोषी कर्मचारीलाई कारबाही गर्ने बताएका छन् ।
सडकमा खुला हिँिडरहेको साँढेलाई नगर प्रहरीले बाँधेर घिसारेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline