पुष १९ काठमाण्डौँ । प्रधानमन्त्री प्रचण्डले सेवाग्राहीलाई लामो लाईनमा राखेर दुखः पाईरहेको भन्दै एक महिना भित्र यो समस्या समाधान नभए जिम्मेवार पदाधीकारीलाई कार्बाही गर्ने चेतावनी दिएका छन् ।
आज सचिवहरुसँगको छलफलपछि ३० बुदे निर्देशन समेत जारी गर्दै प्रधानमन्त्रीले यस्तो चेतावनी दिएका हुन् ।
१९ पुस, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारी सेवा लिँदा नागरिकले अहिलेजस्तै लाइनमा बस्ने सास्ती देखिएमा जिम्मेवारी पदाधिकारीलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।
सिंहदरबारमा नेपाल सरकारका मुख्यसचिव र सचिवलाई निर्देशन दिँदै उनले एक महिनाभित्र सेवा सुधार्न निर्देशन दिएका हुन् ।
उनले कतिपय दस्तुर बुझाउने लाइन स्थानीय तहमा र सवारी लाइसेन्सको लाइन प्रदेश तहमा भएको भनेर संघीय सरकारका सचिवहरु पन्छिन नपाउने पनि बताए ।
‘
‘राहदानी, राष्ट्रिय परिचयपत्र, सवारी लाइसेन्स, शिक्षा मन्त्रालयबाट प्रदान गरिने “नो अब्जेक्सन सर्टिफिकेट”, सरकारी अस्पतालमा विरामको उपचार, मालपोत, नापी, कर दस्तुर बुझाउने ठाउँमा सेवाग्राहीले अहिले जस्तै लाइनमा बस्ने सास्ती देखियो भने निर्ममतापूर्वक जिम्मेवार पदाधिकारीलाई कारबाही गर्नुपर्ने अवस्थामा आउनेछ’, प्रचण्डले भने ।
साथै उनले सचिवहरुलाई अनावस्यक गोष्टी र भेलामा सहभागी नहुन पनि निर्देशन दिएका छन् ।
यी हुन् प्रधानमन्त्रीले जारी गरेका ३० बुदे निर्देशन :