निसीखोला गाँउपालिका अध्यक्ष गाँजा तस्करीको आरोपमा जेल जाने, वडाअध्यक्ष हुँदै घरबाट फेला परेको थियो गाँजा

निसीखोला गाँउपालिका अध्यक्ष गाँजा तस्करीको आरोपमा जेल जाने, वडाअध्यक्ष हुँदै घरबाट फेला परेको थियो गाँजा

  • मङ्लबार, पुस १९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

पुष १९ काठमाडौं । बाग्लुङको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ति गाँजा तस्करीको आरोपमा जेल जाने भएका छन् । उनलाई साढे तीन वर्ष जेल सजाय सुनाएको छ ।

बागलुङ जिल्ला अदालतका न्यायाधीश दिवाकर भट्टको ईजलाशले लागू पदार्थ कारोबारको अभियोगमा घर्तिलाई ३ वर्ष छ महिना कैदसहित ५० हजार जरिवाना फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

अघिल्लो कार्यकालमा निसीखोलाको वडा नम्बर ६ को अध्यक्ष रहेका घर्ति २०७७ साल असार १२ गते ८० किलो गाँजासहित आफ्नै घरबाट पक्राउ परेका थिए ।

घर्ती बैशाख ३० गते गाँउपालिका अध्यक्षमा निर्वाचित भएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी