न घर छ, न जग्गा, शेयर, न विवाहित छु, किन चाहियो मलाई पैसा ? : नारायणकाजी श्रेष्ठ

न घर छ, न जग्गा, शेयर, न विवाहित छु, किन चाहियो मलाई पैसा ? : नारायणकाजी श्रेष्ठ

  • शनिबार, पुस १६, २०७९
  • मिर्मिरे अनलाइन

  • 8.3K
    SHARES

पुष १६ काठमाण्डौँ । एकीकृत माओवादीका वरिष्ठ उपाध्यक्ष एवं उपप्रधान तथा भौतिक योजना तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले आफू अविवाहित पनि रहेको र घर जग्गा, सम्पत्ति केही नभएकाले आफू पैसा कमाउन नभई देशको सेवाका लागि मन्त्री भएको बताएका छन् ।

आज उनको बधाई तथा सम्मानमा आयोजित एक कार्यक्रममा बोल्दै श्रेष्ठले शनिबार श्रेष्ठको सम्मानमा उनको पारिवारिक सम्बन्ध जोडिएको मेयरसिंह जौवारी प्रतिष्ठानले आयोजना गरेको ‘बधाई तथा शुभकामना’ कार्यक्रममा बोल्दै आफूलाई पैसाको कुनै लालच नभएको बताएका हुन् । उनले पद पावरका लागि भन्दा पनि देशमा सेवा भावले केही गर्नु पर्छ भन्ने आफ्नो सोच रहेको बताए ।

उनले आफू ‘सिंगल’ नै रहेको भन्दै भएको पैतृक सम्पत्ति समेत बेचेर ऋण तिरेको सुनाए । उनले आफूसँग अरू कुनै चलअचल सम्पत्ति तथा एक कित्ता शेयर पनि नरहेको बताए । आफ्नो नाममा बैंक ब्यालेन्स पनि नभएको उनले बताए । ‘राष्ट्रिय सभा सदस्य भएकाले त्यहीँ एउटा राष्ट्रिय सभाले खोलिदिएको बैंक खाता छ, अरू कुनै बैंक खातामा एक रुपैयाँ पनि छैन’ माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष समेत रहेका श्रेष्ठले भने, ‘न घर छ, न जग्गा छ, भएको पैतृक सम्पत्ति पनि बेचेर ऋणपान तिरेँ, बाँकी रहेको पैसा पार्टीकै लागि दिएको छु ।’

उनले आफूले आफ्नै नातेदारका लागि भए पनि नियम र कानुनको उलङ्घन भने नगर्ने बताए । तर नियम र कानुनको अधीनमा हुँदाहुँदै पनि कसैले होच्याउने वा कमजोर बनाउन खोजेको अवस्थामा भने आफू चुप नबस्ने बताए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ