काठमाडौँ पुष १५ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तमु समुदायको परम्परा गौरवशाली रहेको र यसलाई राज्यले उच्च सम्मान गर्ने बताएका छन् ।
तमु ल्होसारको अवसर पारेर शुक्रबार काठमाडौंको टुँडिखेलमा आयोजित विशेष समारोहमा बोल्दै प्रधानमन्त्री प्रचण्डले
इमान्दारिता, लगन, निष्ठा, वीरता र बलिदानको कीर्तिमानका कारण तमु समुदायको पहिचान नेपालमा मात्रै नभई विश्वभर फैलिएको पनि प्रधानमन्त्रीले स्पष्ट पारे ।
उनले तमु समुदाय विश्वभर इमान्दारिता, निष्ठा, त्याग, बलिदान र समर्पणको पर्यायको रुपमा स्थापित भएको समेत स्मरण गराए । तमु समुदायका लागि ल्होसारका लागि दिईदै आएको आर्थिक सहायतामा समेत वृद्धि गर्ने उनले प्रतिवद्धता जनाए ।
समारोहमा तमु समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकीसहितको नृत्य प्रस्तुत गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline