वडा प्रहरी कार्यालय विर्ता कानुनको धज्जी उडाउदै

वडा प्रहरी कार्यालय विर्ता कानुनको धज्जी उडाउदै

  • शुक्रबार, पुस १५, २०७९
  • दिपक चौरसिया

  • 4.4K
    SHARES

बिरगंज १५ पुस । कानुनको पालन गराउने नै कानुनको धज्जी उडाउदै । बिरगंज महानगरपालिका वडा नम्बर ५ विर्तामा रहेको पार्किङ स्थलमा अहिले वडा प्रहरी कार्यालय विर्ताको प्रहरी र ट्राफिक प्रहरीले फुतफाटमा रहेको चार पाङ्ग्रे गाडीलाई नियमविपरीत रहेकोलाई कारवही गरेको छ।

ट्राफिक प्रहरीले अहिले कानुनको पालन गराउने नै कानुनको धज्जि उडाउदै गरेको प्रमाण फेला परेको हो वडा प्रहरी कार्यालय विर्ता र नेपाल बैंक लिमिटेड बिर्ता शाखा कार्यालय अगाडि नो पार्किङ लेखिएको साइन बोर्ड भए पनि सो स्थानमा आफनो कार्यलयको चार पाङ्ग्रे गाडी र मोटरसाइकलहरु पार्किङ गरिराखेको अवस्था छ ।

सडक पेटिकाबाट पैदल हिड्ने बटुवाहरुलाई आवतजावत समस्या परेको सेवाग्राहीहरु बताउँछन् । अहिले कसैलाई काखापाखा गर्ने गरेको तर प्रहरीले आफ्नै कार्यालय अगाडि यसरी नो पार्किङ भनेर साइन बोर्ड नै उल्लेख गरिएको भए पनि ठुलाबडाहरुको सवारीसाधनलाई नियम काहाँ छ भनेर प्रश्न गरेका छन ।

कानुन पालक नै कानुनको विपरीत गएपछि हाम्रो के नै लाग्छ र भनेर बताए । अहिले कानुन भनेको सानोतिनो तथा गरिवको लागि मात्र हो ठुलाबडालाइ होइन यदि कानुन बराबरी भएको भए यो नो पार्किङको गाडी किन लाग्ने थियो भन्दै भुनभुनदै अगाडि बढे ।

प्रहरीले सबैलाई एकै ब्यवहार गर्नु पर्ने हो तर अहिले यस्तो नभएको स्थानीय बासिन्दाहरु पनि बताउने गर्छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ