सर्लाही क्षेत्र नम्बर ३ .(क) बाट निर्वाचित स्वतन्त्र प्रदेश सांसद जवाहरलाल कुशबाहा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।
बुधबार साँझ माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निजी निवास खुमलटार पुगेर कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका हुन्।
प्रचण्डले टीका र खादा लगाएर कुशवाहालाई आफ्नो पार्टीमा स्वागत गरेका थिए ।
करिब एक वर्षअघि नेपाली कांग्रेस परित्याग गरी कुशवाहा माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
मंसिर ४ गते सम्पन्न निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध प्रदेशसभामा बागी उम्मेदवारी दिएपछि माओवादीले उनलाई कारबाही गरेको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline