पुष १३ काठमाण्डौँ । एकाएक मुखैमा आएको सत्ता गुमाउन पुगेपछि विछिप्त बनेको काँग्रेस भित्रको शेखर गगन समुहले पार्टी भित्रको सानो गिरोहको सत्ता लिप्साका कारण पार्टीको हातबाट सबै थोक गुमेको निष्कर्ष निकालेको छ ।
शेखर कोईराला, गगन थापा सहितको आज बसेको भेलाले पार्टी भित्र सभापतिले संस्थागत निर्णय नगर्दा समेत समस्या उत्पन्न भएको ठहर गरेको छ ।
सभापति देउवाले प्रधानमन्त्री र राष्ट्रपति दुवै आफूले पाउनु पर्ने अडान राखेपछि माओवादी केन्द्र गठबन्धनबाट बाहिरिएको थियो । माओवादी केन्द्र र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि कांग्रेस संघमा मात्रै नभएर प्रदेशमा पनि सबै प्रमुख पद गुमाउने अवस्थामा पुगेको छ ।
प्रधानमन्त्री दाहाल देउवासँग सरकार गठनबारे सहमति हुन नसकेपछि केपी ओलीसँग सहमति गर्न बालकोट पुगेका थिए । त्यसपछि शेखर(गगन समूहका नेताहरूले यस्तो अवस्था आउनुको पछाडि देउवा समूहका नेताहरू दोषी रहेको बताउँदै आएको छन् ।