काठमाडौँ पुष ५ । गृहमन्त्री बनेका रवि लामिछानेको सांसदको योग्यताबारे पुस २२ गते सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ हुने भएको छ ।
अधिवक्ता रविराज बसौला लगायले दायर गरेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाई हुनेछ । सुनुवाईका लागि दुबै पक्षलाई अदालतले बोलाएको छ ।
कायममुकायम प्रधानन्यायाधीशको नेतृत्वमा गठन भएको संवैधानिक इजलासमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिलकुमार सिन्हा र प्रकाशमानसिंह राउत रहेका छन् ।
पुस २२ मा लामिछाने सांसद हुन योग्य कि अयोग्य भन्ने विषयमा दुवै पक्षका कानुन व्यवसायीले बहस गर्नेछन् ।
यो बहस पछि सर्वोच्चले फैसला सुनाउने छ । लामिछानेको दोहोरो नागरिकता र पासपोर्ट रहेको भन्दै संसद हुन अयोग्य रहेको दावी सहित सर्वोच्चमा रिट परेको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline