पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणबाट ५ जना बिजेता घोषित

पुर्वान्चल लिटिल स्टार’को चौथो संस्करणबाट ५ जना बिजेता घोषित

  • मङ्लबार, पुस १२, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

इटहरीर बालबालिकाहरुको सौन्दर्य तथा बौद्धिक कलालाई प्रष्फुटन गराउदै आइरहेको साइमन फिल्मस् एन्ड इन्टरटेन्मेन्ट, मुम्बईको प्रस्तुतिमा ओजस फिल्म एन्ड इन्टरटेन्मेन्टले आयोजना गरेको ‘राठी केबल पुर्वान्चल लिटिल स्टार’ चौथो संस्करणको भब्य सम्पन्न भएको छ । ग्राण्ड फिनाले कार्यक्रममा बिर्तामोडका मेयर पवित्रा महरा प्रसाईं को प्रमुख आतिथ्यता रहेको थियो भने निर्णायक मण्डलिमा नेपाल चलचित्रकर्मी महासंघ प्रदेश १ अध्यक्ष अरुण कुमार प्रधान, भारतिय डान्स रियालिटी शो ‘डान्स इन्डिया डान्स(२०१०’ मा उत्कृष्ट १० सम्म पुग्न सफल नरेश वीर शिह र राठी केबुलका बजार प्रमुख सुरज दाहल रहेका थिए । गत ९ गते शनिबार बिर्तामोडको चारपानेमा अवस्थित पर्शुराम पार्टी प्यालेसमा भएको ग्रान्ड फिनालेबाट पाँच जना बिजेता छनौट गरिएको छ । जस अन्तर्गत ‘मिस पुर्वान्चल लिटिल स्टार’ को उपाधी सन्ध्या राजबंशीले हात पारिन् भने ‘पुर्वान्चल राइजिङ स्टार’ को उपाधी इसान मुखियाले जितेका छन् ।

यस्तै ‘लिटिल मिस पुर्वान्चल स्टार’ को उपाधी कृषला चापागाईंले हात पार्दा ‘लिटिल पुर्वान्चल राइजिङ स्टार’ को उपाधी मिकफुङ लिम्बुले हात पारेकी छन् । ग्राण्ड फिनालेबाट चिना श्रेष्ठले ‘भिवर्स च्वाइस’को उपाधी हात पारेकी छन् । बिजेताहरुले भारतको ‘सारेगमप लिटिल च्याम्प्स’मा फर्स्ट रनरअप भएका बाल गायक प्रीतम आचार्यको स्वरमा रहेको हिन्दी गीतमा फिचर्ड हुने मौका पाउने छन् भने आयोजक कम्पनीबाट निर्माण हुने फिल्म ‘प्रधान द लिडर’ मा अभिनयको मौका पाउने छन् । यस्तै साइमन फिल्मसले नै आयोजना गर्ने फिल्म अवार्ड ‘फ्लायर्स फिल्म अवार्ड’मा आफ्नो प्रस्तुती देखाउने मौका पाउने कार्यक्रम निर्देशक साइमन राजबंशीले बताए ।

ग्राण्ड फिनालेबाट सव(टाइटल समेत वितरण गरिएको छ । आरोही रायमाझीले ‘बेस्ट स्माइल’, इस्मिका थापाले ‘मोस्ट क्युट’, रिया बस्नेतले ‘मोस्ट डिसिप्लेन’, जेविका राजबंशीले ‘मिस बोब्ली’, मिकफुङ लिम्बुले ‘मोस्ट क्युरियस’, कृषला चापागाईंले ‘मोस्ट कन्फिडेन्ट’, रिचल चौधरीले ‘मोस्ट ओबिडियन्ट’, दिप्सना बराइलीले ‘मोस्ट स्टाईल’, रोसेली शर्माले ‘मोस्ट कृयटिभ’, सुलभ ढुंगेलले ‘मोस्ट फ्रेन्ड्ली’, हसना अलि मगरले ‘मोस्ट फोटोजेनिक’, आरशी कार्कीले ‘मोस्ट चार्मिङ’, चिना श्रेष्ठले ‘बेस्ट पर्सनालिटीञ, एकता ढकालले ‘मोस्ट ट्यालेन्ट’, सन्ध्या राजबंशीले ‘मोस्ट इन्टेल्याक्चुल’ र इसान मुखियाले ‘बेस्ट पफर्मर’को सव टाइटल जितेका छन् ।

१६ जना बालबालिका बिच गराइएको प्रतिष्पर्धाको कोरियोग्राफि आशिमा दुतराजले गरेकी थिइन् भने कार्यक्रमको ब्यवस्थापन रविना राजबंशीले गरेकी हुन् । फाइनल कार्यक्रमको फोटोग्राफी तथा भिडियोग्राफी परिकला फोटोग्राफीले गरेको हो भने बालबालिकाको फोटोसुट क प्रोडक्सनले गरेको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी