दोहोरो नागरिकता र पासपोर्टको छानविन नसकिदै रविलाई गृहमन्त्री बनाएको भन्दै राष्ट्रपति भवन अगाडी प्रदर्शन

दोहोरो नागरिकता र पासपोर्टको छानविन नसकिदै रविलाई गृहमन्त्री बनाएको भन्दै राष्ट्रपति भवन अगाडी प्रदर्शन

  • सोमवार, पुस ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.5K
    SHARES

पुष ११ काठमाण्डौँ । अमेरीका र नेपालको दोहोरो नागरिकता र पासपोर्ट प्रयोग गरिरहेको र त्यसको छानविन चलिरहेका रवि लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै राष्ट्रपति भवन अगाडी विरोध प्रदर्शन भएको छ ।

उनीहरुले आफूलाई नेपाली कांग्रेसनिकट नेविसंघका कार्यकर्ता भएको बताएका छन्। गृहमन्त्रीको शपथग्रहण गरिसकेका रविसँग अमेरिकी पीआर र राहदानी रहेको उनीहरुको आरोप छ। त्यस्तै उनीसँग नेपाली नागरिकता र राहदानी पनि रहेको उनीहरुले बताएका छन्।

उनीहरुले प्लेकार्ड देखाउँदै नाराबाजी गरेका हुन्। त्यसक्रममा केही युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ। आधा दर्जनको संख्यामा रहेका सबैलाई पक्राउ गरेर महाराजगञ्ज बृत्तमा राखिएको छ।

उपप्रधानमन्त्रीहरुको शपथग्रहण सकिएपछि उनीहरुले नाराबाजी थालेका थिए। नक्कली नागरिकता प्रकरणमा सर्वोच्चमासमेत मुद्दा चलिरहेका पात्र गृहमन्त्रीको जिम्मेवारी दिएकोमा उनीहरुले आपत्ति जनाए।
लामिछाने बिरुद्ध अख्तियार, सर्वोच्च अदालत र गृहमन्त्रालयमा मुद्धा चलिरहेको छ ।

लामीछानेले आफनो नागरिकता छानविन स्वतन्त्र रुपमा हुने मन्त्री भएपछि बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ