सरकारमा सहभागी हुने रवि लामिछानेको निर्णयप्रति रास्वपा भित्र असन्तुष्टी, कार्कीले लेखे असहमति पत्र

सरकारमा सहभागी हुने रवि लामिछानेको निर्णयप्रति रास्वपा भित्र असन्तुष्टी, कार्कीले लेखे असहमति पत्र

  • सोमवार, पुस ११, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

पुष ११ काठमाण्डौँ । सरकारमा सहभागी हुने रास्वपाको निर्णयप्रति पार्टी भित्र विवाद शुरु भएको छ । रास्वपा संसदीय दलका नेता रवि लामिछाने निरन्तर दलहरुबीच संवाद र छलफल गर्दै सरकारमा सहभागी हुन र उपप्रधानमन्त्री सहित मन्त्री हुन हतारिएपछि सो पार्टी भित्र हामी पनि पुराना भन्दा के फरक भयौँ ? भन्ने आलोचना सहित विवाद शुरु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन वा सरकारमा जाने पार्टीको निर्णयमा असहमति जनाएका हुन् । रास्वपा पनि सत्ता स्वार्थमा लागेको उनको आरोप छ ।

‘आम नागरिकहरुको निराश मनस्थितिमा हामी अलग छौं, अलग रहनेछौं र अलग गर्नेछौं भनेर मत मागेका थियौं, चुनावको परणाम आउँदै गर्दा हतारमा हामी पनि उनीहरु जस्तै छौं भन्न आफ्नै कान आफैंले चिर्न थाल्यौं ? ’ उनले प्रश्न गरेका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ