पुष ११ काठमाण्डौँ । माओवादी अध्यक्ष प्रचण्ड तेस्रो पटक प्रधानमन्त्री भए लगत्तै छिमेकी चीनले सबै भन्दा पहिले बधाई दिएको छ । त्यसपछि दोस्रोमा भारतले बधाई दिएको छ ।
दाहाललाई नेपालका लागि चिनियाँ कार्यवाहक राजदूत वाङ सिन तथा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले टेलिफोनमार्फत बधाई दिएको दाहालको सचिवालयले जनाएको छ ।
दुबै देशले प्रचण्डको कार्यकालमा आपसी सम्बन्ध थप मजबुत हुने अपेक्षा राख्दै बधाई ज्ञापन गरेका हुन् ।
यस अघि ६५ सालमा पहिलो पटक प्रधानमन्त्री हुँदा प्रचण्डले पूर्व परम्परा तोड्दै सबै भन्दा पहिला चीनको भ्रमण गरेका थिए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline