बाराबाट युरेनियम सहिन तीन जना पक्राउ

बाराबाट युरेनियम सहिन तीन जना पक्राउ

  • शनिबार, पुस ९, २०७९
  • दिपक चौरसिया

  • 3.6K
    SHARES

पर्सा ९ पुस । सशस्त्र प्रहरीले बाराबाट युरेनियम सहिन तीन जना पक्राउ परेका छन । सशस्त्र प्रहरी बल नेपाल १२ नम्बर गणबाट खटिएका टोलिले बाराको जितपुर एक होटलबाट २ किलो युरेनियम सहित ३ जना व्यक्तिलाई पक्राउ गरेको छ ।

शनिबार अपरान्हमा एक होटलबाट गणको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । बरामद युरेनियम परिक्षण गरेपछि ठहर भएको हो । सशस्त्र प्रहरी बल, नेपाल ईन्टेलिजेन्स ब्यूरोको बिशेष सुचनाको आधारमा गणको बारा मातहत सुरक्षा वेश जितपुरबाट खटिएको टोलीले उक्ता युरेनियम बरामद गरेको हो ।

सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई बाराको जितपुर स्थित आदित्य होटलको कोठा नम्बर ४ बाट नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेहरुम बाराकै रबि चौधरी, सागर चौधरी र रौतहटका बृज सहनी रहेका छन् ।

सशस्त्रले बरामद गरेको युरेनियमसहित पक्राउ परेका ब्यक्ति लाई नेपाल प्रहरी बाराको जिम्मा लगाएको छ । सोह घटना बारे थप अनुसन्धान भइरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ