बारामा अज्ञात समुहले गोली हानेका भारतीय नागरिकको मृत्यु

बारामा अज्ञात समुहले गोली हानेका भारतीय नागरिकको मृत्यु

  • शुक्रबार, पुस ८, २०७९
  • -दिपक चौरसिया

  • 4.2K
    SHARES

पर्सा ८ पुस । बारामा अज्ञात व्यक्तिले चलाएको गोली लागेर गम्भिर घाईते भएका भारतीय नागरिकको मृत्यु भएको छ ।

शुक्रबार साँझ ६ बजे गोली प्रहारबाट घाइते भएका भारत बिहार मोतिहारी जिल्ला छोडादानो पिप्रा गाउँ घर भएका ४५ वर्षीय शिव पुजन यादवको मृत्यु भएको हो ।

बरियारपुरस्थित भुतही पुल नजिकै चिया पसलमा मोटरसाइकलमा आएका दुई जना व्यक्तिले गोली चलाएर भागेका थिए ।

महागढीमाई नगरपालिका २ स्थित बारियारपुर सडकखण्ड अन्र्तगत भुतही पुल नजिकै चिया नास्ता पसलमा अज्ञात व्यक्तिले चलाएको गोली लागेर उनी गम्भिर घाईते भएका थिए । नम्बर नखुलेको दुई वटा मोटरसाईकलमा आएका पाँच जनाको समूहका एक जनाले साढे ५ बजेतिर गोली हानेर भागेका थिए ।

बाराको परवानीपुर स्थित एलएस न्युरो अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए । साँझ गोली लागेपछि पौने ६ बजे अस्पताल पुयाईएकोमा सवा ६ बजे अस्पतालले उनलाई मृत घोषित गरेको थियो ।

भारतीय नागरिक शिवपुजनको छातीमा गोली लागेको रहेछ, अस्पतालले मृत्यु भएको घोषणा गरिसक्यो ।’ उनले भने ‘ चिया नास्ता खान पसलमा सँगै बसेका दुई जनालाई नियन्त्रणमा लिएका छौं । घटनाबारे थप अनुसन्धान भईरहेको छ ।’ गोली हान्ने व्यक्तिहरु फरार छन् । उनीहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ