पुष ८ काठमाण्डौँ । फ्रान्सेली नागरिक चार्ल्स शोभराजलाई नेपालबाट देश निकाला गरिएको छ । ‘बिकिनी किलर’ भनेर चिनिएका चार्ल्स शोभराजलाई अध्यागमन विभागले आज जेलबाट छुटे लगत्तै फ्रान्स डिपोट गरिएको हो ।
उनलाई कतार एयरवेजको विमान मार्फत ट्रान्जिट रुट हुँदै भोली फ्रान्स पुग्ने गरी पठाईएको छ । अध्यागमनको निर्णय अनुसार उनी अब १० वर्ष नेपाल आउन पाउने छैनन् ।
उनी १९ वर्षदेखि नेपालको कारागारमा थिए । शोभराजलाई पुस ६ मा सर्वोच्च अदालतले कैद सजाय घटाएर रिहा गर्न आदेश गरेको थियो । न्यायाधीशहरू सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठले उनलाई रिहा गर्न आदेश गरेका हुन् ।
नेपाल घुम्न आएका क्यानेडियन महिला क्यारियरे लरेन्ट र अमेरिकन नागरिक कोन्नी जो ब्र्रोन्जीचको हत्या आरोपमा उनी दोषी ठहर भएर थुनामा बसेका थिए ।
उनले अन्य देशमा समेत हत्या गरेको चर्चा चल्ने गरेको थियो ।