पुष ८ काठमाण्डौँ । फ्रान्सेली नागरिक चार्ल्स शोभराज थुनामुक्त भएका छन् । उनी १९ वर्ष बढी जेल सजाय कटाएर आज मुक्त भएका हुन् । उनलाई फ्रान्स डिपोर्ट गर्न अध्यागमन पुर्याईएको छ ।
दुईजना विदेशी महिलाको हत्या र एकको हत्या प्रयास मुद्दामा अदालतबाट दोषी ठहर भई उनी १९ वर्षदेखि केन्द्रीय कारागार सुन्धारामा थिए ।
शोभराजलाई सर्वोच्चले ज्येष्ठ नागरिकले पाउने कैद छुट दिएपछि ९ महिना कैद मिनाहा दिएको हो।
सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा उनलाई तत्काल जेलमुक्त गरी १५ दिनभित्र सम्बन्धित देशमा पठाइदिन बुधवार आदेश दिएको थियो।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline