देविका वन्दना र कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा सार्वजनिक

देविका वन्दना र कुमार सानुको स्वरमा ‘तिम्रो मायाको सागरमा सार्वजनिक

  • शुक्रबार, पुस ८, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौं– साहित्यकार एवं गीतकार सुरेन्द्र महर्जन ‘अमर’ को रचना रहेको तथा चर्चित संगीतकार सन्तोष श्रेष्ठको संगीतमा रहेको गीत ुुमायाको सागरुु राजधानीमा एक भव्य समारोहबीच म्युजिक भिडियो सार्वजनिक भएको छ । लोकप्रिय गायिका देविका वन्दना र वलिउडका सुप्रसिद्ध गायक कुमार सानुको स्वर यस गीतमा सुन्न र हेर्न सकिन्छ । सार्वजनिक नयाँ युगल गीत दर्शक तथा स्रोताहरूले मनैदेखि मन पराउने आशा कार्यक्रममा उपस्थित सबैले बताइएको छ ।

विहिबार काठमाडौंमा प्रिमियर गरिएको ‘तिम्रो मायाको सागरमा‘’ गीतमा गायिका वन्दनासँगै बलिउडका सुप्रसिद्ध गायक कुमार सानुसँगको यो सार्वजनिक दोस्रो पटकको सहकार्यमा गीत रेकर्डिङ भएको हो । लोकप्रिय गायिका देविका वन्दना आफ्ना नयाँ युगल गीत मार्फत दर्शक तथा स्रोतामाझ आएकी छिन् । विहिबार काठमाडौंमा प्रिमियर गरिएको ‘तिम्रो मायाको सागरमा‘’ भिडियो आफूले सोचेभन्दा राम्रो भएको रचनाकार सुरेन्द्र महर्जन अमर र संगीतकार सन्तोष श्रेष्ठको भनाइ रहेको छ ।

भिडियो निर्देशक निकेश खड्काले गीतको भाव अनुसार आयुष्मान र प्रियंकाको जोडीलाई अभिनय गराएका छन् । गीतमा समावेश कुमार सानुको स्वर मुम्बईको कैलाशा स्टुडियोमा साउण्ड इन्जिनियर तथा रेकर्डिष्ट निरोज सिंहले रेकर्ड गराएको हो भने देविका वन्दनाको स्वरमा काठमाडौंको अकष्टिक स्टुडियोमा गरिएको हो ।

दरबारमार्गस्थित राइजिङ मलमा आयोजित गीतको म्युजिक भिडियो सार्वजनिक समारोहमा गायिका देविका वन्दनालाई शुभकामना व्यक्त गर्न गायिका संगीता राना प्रधान, अभिनेत्रीहरू शर्मिला मल्ल, वसन्धुरा भुसाल, निर्देशक मिलन चाम्स, गायक सचिन रौनियार, निर्देशक रोशन कुमार आदि उपस्थित थिए ।

गायिका देविका वन्दनाले गीतकार सुरेन्द्र महर्जन अमरका मायालु प्रेमिल शब्दहरूलाई सन्तोष श्रेष्ठको जादूमय संगीतले कर्णप्रिय बनाएको बताइन् । ‘हामीले निकै मेहनत गरेर यो गीत तयार पारेका छौं, गीत रोमान्टिक शैलीको बनेकाले भिडियोमा रोमान्टिक जोडीलाई नै अभिनय गराउनु पर्छ भन्ने लागेर प्रियंका कार्की र आयुष्मान देशराज जोशीको जोडीलाई अभिनय गराइएको हो, गायिका देविका वन्दनाको भनाइ छ ।

गीतको म्युजिक भिडियोमा अभिनेता आयुष्मान देशराज जोशी तथा अभिनेत्री प्रियंका कार्कीको रोमान्टिक जोडीलाई प्रस्तुत गरिएको छ । भिडियो हेरेपछि प्रतिक्रिया दिँदै अभिनेत्री प्रियंका कार्कीले पहिलो पटक गीत सुन्नेबित्तिकै यसमा काम गरौं, गरौं भएको बताइन् । अभिनेता आयुष्मान देशराज जोशीले पनि गीतको मेलोडीले आफूलाई तानेको बताए । भिडियोमा काम गरिरहँदाको क्षण शब्दमा व्यक्त गर्नै नसकिने रोमाञ्चक रहेको अभिनेत्री प्रियंकाको भनाइ छ ।

गीत सार्वजनिक समारोहमा उपस्थित अधिकांश कलाकार तथा सञ्चारकर्मीहरूले गीतको खुलेर प्रशंसा गरेका छन् । गायिका देविका वन्दनाको यूट्युब च्यानलबाट सार्वजनिक गरिएको भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने विकास धमला यो भिडियो सम्पादक रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी