हत्या आरोपमा जेल सजाय भोगिरहेका चाल्र्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

हत्या आरोपमा जेल सजाय भोगिरहेका चाल्र्स शोभराजलाई रिहा गर्न सर्वोच्चको आदेश

  • बुधबार, पुस ६, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

पुष ६ काठमाण्डौँ । हत्या आरोपमा जेल सजाय भोगिरहेका चार्ल्स शोभराजलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

ज्येष्ठ नागरिकलाई दिइँदै आएको कैद छुटको सुविधा चार्ल्स शोभराजले पनि पाउनुपर्ने भन्दै बन्दी प्रत्यक्षीकरणको रिट परेको थियो।

न्यायाधीशहरु सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले केन्द्रीय कारागार सुन्धारामा रहेका शोभराजलाई कैदमुक्त गरेर देश फिर्ता गर्न आदेश दिएको हो।

कुख्यात अपराधी शोभराजलाई रिहा गर्न भन्दै २०७७ पुसमै बन्दी प्रत्यक्षीकरण रिट परेको थियो।

जेष्ठ नागरिकलाई दिने कैद छुट माग गर्दै शोभराजले रिट हालेका थिए।

७८ वर्षीय शोभराजले २०७७ पुस ७ गते कैद छुटको माग गर्दै रिट दायर गरेका थिए। जेष्ठ नागरिक ऐन अनुसार ७५ वर्ष पूरा भएकालाई ७५ प्रतिशत कैद छुट दिइने व्यवस्था छ।

तर कारागार ऐन र नियमावलीसँग बाझिँदा सबै कैदीले यस्तो सुविधा पाएका छैनन्। कारागार ऐनमा भने गम्भीर प्रकृतिका मुद्दामा भने कैद छुट दिने व्यवस्था छैन।

नेपालमा अमेरिका र क्यानडाकी महिलाको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा छन्। उनीविरुद्ध अदालतले जन्मकैदको फैसला गरेको छ।

अदालतको उक्त फैसलाअनुसार उनी २०८० सालमा छुट्ने भए पनि उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी उद्योगको अर्को मुद्दामा थप ५ वर्ष कैदको फैसला भएको थियो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ