बीरगञ्जको प्याकेजिङ उद्योगमा आगलागी

बीरगञ्जको प्याकेजिङ उद्योगमा आगलागी

  • बुधबार, पुस ६, २०७९
  • दिपक चारसिया  

  • 3.5K
    SHARES

बिरगंज ६ पुष । पर्साको बिन्दवासिनीस्थित एक प्रिन्टिङ्ग तथा प्याकेजीङ्ग उद्योगमा भिषण आगलागी भएको छ । पर्साको बिन्दवासिनी गाउँपालिका–२ गर्दौलस्थित बाबा प्रिन्टिङ एन्ड प्याकेजिङ उद्योगमा मंगलबार राति लागेको आगो करिब ३ घण्टाको प्रयासपछि नियन्त्रणमा आएको छ ।
मंगलबार राति करिब ११ बजेर ४५ मिनेटमा उद्योगमा आगलागी सुरु भएको थियो । वीरगन्ज महानगरपालिकाको कार्यालयका २, पोखरिया नगरपालिकाको कार्यालयको १, विपद् व्यवस्थापन गुल्म पर्साको १ सहित कूल ४ दमकलसहितको नेपाल प्रहरीको टोली तथा सशस्त्र प्रहरी बेस क्याम्प बहुअर्वाभाठ्ठा पर्साको संयुक्त प्रहरी टोलीले बुधबार बिहान करिब २ बजेर ३३ मिनेटमा समयमा आगो नियन्त्रणमा लिएको थियो ।

उद्योगका सञ्चालन हेमन्तकुमार चौरसियाले मङ्गलबार आगलागी हुँदा उद्योगमा रहेका दुई दर्जनभन्दा पनि बढी मेसिनरी, कच्चा सामग्री र तयारी माला जलेर पूर्ण रुपले नष्ट भएको सञ्चालक चौरसियाले बताए । चौरसियाका अनुसार आगलागीबाट उद्योगमा रहेको कार्टुन बनाउने, प्रिन्टिङ्ग गर्ने, प्लेट बनाउने, पार्टिसन गर्ने, प्याकेटमा जाली लगाउने लगायतका मेसिनरी पूर्ण रुपले जलेर नष्ट हुनुका साथै फ्याक्ट्रीको भवनमासमेत क्षति पुगेको छ । करिब ६ करोड ७५ लाख रुपैयाँ बराबरको क्षति भएको हो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार मङ्गलबार राति करिव सवा ११ बजेको विद्युतको तार सर्ट सर्किटका कारण भएको आगलागी १२ घण्टाको प्रयास पश्चात बुधबार बिहान ७ बजे मात्र नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । आगलागीबाट कुनै मानवीय क्षति भएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ