सांसदहरुलाई पशुपति शमशेर जबराले शपथ खुवाउने

सांसदहरुलाई पशुपति शमशेर जबराले शपथ खुवाउने

  • मङ्लबार, पुस ५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

पुष ५ काठमाण्डौँ । निर्वाचित सांसदहरूलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति शमसेर राणाले शपथ ग्रहण गराउने भएका छन्।

ज्येष्ठ नागरिकले शपथ ग्रहण गराउने प्रावधान अनुसार राणाले निर्वाचित सांसदहरूलाई शपथ गराउने तय भएको हो ।

संसद सचिवालयले राणाको शपथका लागि राष्ट्रपति कार्यालयमा पत्र पठाएको सहायक प्रवक्ता दशरथ धमलाले बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ ग्रहण गरेपछि उनले अन्य सांसदलाई शपथ खुवाउने छन्। सांसदहरूको शपथ पुस ७ गते तय भएको छ।

नागरिकता अनुसार नेपाल सामाजवादी पार्टीका सांसद महिन्द्रराय यादव जेष्ठ छन्।

कागजी उमेरमा जेठो भए पनि आफू कान्छो रहेको स्वघोषणा गर्दै उनले शपथ ग्रहण गराउन अस्वीकार गरेका हुन्।

त्यसपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र राणाको नागरिकता भिडाउँदा केसीभन्दा राणा १ महिना २६ दिनले जेठो रहेको पाइएको छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ