कञ्चनपुर, ४ पुष । कञ्चनपुर जिल्लाका सीमावर्ती क्षेत्र भारतसंग जोडिएको पश्चिम नेपालको नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाईन्ट’ बन्दै गएको छ । पश्चिम नेपाल कञ्चनपुरको गड्डाचौकी र दोधाराचाँदनी नाका मानव बेचबिखनको ‘ट्रान्जिट प्वाईन्ट’ बन्दै गएको हो ।
मानव बेचबिखन रोकथामका लागि काम गर्र्दै आएको माईती नेपाल कञ्चनपुरको तथ्याङ्क अनुुसार पछिल्ला बर्षहरुमा मानव बेचबिखनका लागि तस्कर समुहले गड्डाचौकी र दोधाराचाँदनी नाका प्रयोग गर्दै आएको उल्लेख गरिएको छ ।
माईती नेपाल कञ्चनपुरले मानव बेचबिखन रोकथामका लागि एक बर्षको अवधिमा गरेको प्रयास प्रतिवेदनमा सीमा क्षेत्रबाट जोखिममा परेका १५६ जनालाई बेचबिखनको जोखिमबाट मुक्त गराईएको छ । गड्डाचौकी नाकाबाट ८८ र दोधाराचाँदनी झोलुङ्गेपुल नाकाबाट ६८ जनालाई रोकेर परिवारको जिम्मा लगाईएको छ । माईती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले सीमा क्षेत्रमा रोकथामक गरिएका १५६ मध्ये ७५ जना १८ बर्ष मुनीका बालबालिका रहेको बताई । एक बर्षको अवधिमा भारतबाट २२ जनाको उद्दार गरिएको छ । सीमावर्ती गड्डाचौकी नाकाबाट भारत गएका र उक्त नाकाबाट उद्दार गरिएको घटनाक्रमले समेत पश्चिमी नाका बेचबिखनको उच्च जोखिममा रहेको छ । कञ्चनपुर सहित देशका विभिन्न जिल्लाबाट कामका लागि भारत जान सोही नाका प्रयोग गर्दै आएका छन ।
आर्कषक रोजगारी, तेस्रो मुलक पठाईदिने र बिवाह सहितका प्रलोभनमा पारेर भारतका विभिन्न शहरमा बेचिएका २२ जनाको उद्दार गरिएको छ । ३ पुरुष र १९ जना महिलाको उद्दार गरिएको छ । बेचबिखनमा पुरुष भन्दा महिला नै बढि जोखिमामा पर्दै आएका छन ।
दिल्लीबाट ६, पुना ४, सिमला, हल्द्धानी, मुम्बई चण्डीगढ, बङलोरबाट २÷२ र हरियाणा, अयोध्याबाट १÷१ जनाको उद्दार गरिएको छ । झण्डै आधा जती बालबालिका रहेको संयोजक भट्टले बताईन । एक बर्षको अवधिमा ३ हजार ६८८ सवारी साधन चेकजाँच गरिएको थियो । सीमा क्षेत्रमा २४ हजार ९सय २७ जनालाई परामर्स दिईएको छ । सिधै सीमा क्षेत्रबाट रोकेर ४९जनालाई घर पठाईएको छ । कार्यालयमा खोजतलासका लागि २सय ५ निवेदन दर्ता भएका छन । घरेलु हिन्साका ४२, समाधान गरिएका २७, मानवबेचबिखन बिरुद्धमा २दर्ता भएका थिए । जस मध्ये ३५ जना फेला परेका छन । बाँकी खोजतलासक्रम जारी रहेको माईती नेपालले जनाएको छ ।
‘कार्यालयमा दर्ता भएका र अन्य पीडित परिवारबाट आएको सुचनाका आधारमा जोखिमामा परेका मानिसको उद्दार गर्दै परिवारको जिम्मा लगाउँदै आएका छौँ, ‘माईती नेपाल कञ्चनपुरकी संयोजक भट्टले भनिन, ‘हिन्सा अन्य जोखिममा परेका महिलालाई पुर्नस्थापना गृहमा राखेर सीपमुलक तालिमका लागि पठाउँछौँ ।’ मानव बेचबिखन रोकथामका लागि नजिककै व्यक्ति आफन्तबाट हुने, स्वयम जोखिममा परेका व्यक्तिबाट झुटा विवरण पेश हुने मानव तस्करले नयाँ नयाँ तरिका अपनाउने र प्रविधिकीको दुरुपयोगले मानव बेचबिखन रोकथामका लागि चुनौती थपिदै गएको संयोजक भट्टले बताईन ।
मानव बेचबिखन रोकथामका लागि माईती नेपालले सीमा क्षेत्रमा संस्कापद व्यक्तिमाथि सोधपुछ गरेर उद्दार गर्दै आएको, बेचबिखनको जोखिममा परेका व्यक्तिलाई नेपाल भारतका सुरक्षाकर्मीको सहयोगमा उद्दार गर्दै आएको माईती नेपालका संयोजक भट्टले बताईन । यसका साथै सुरक्षात्मक समाजिक, समन्वय सहकार्य तथा सहयोग कार्यक्तम मार्फत बेचबिखन रोकथामका लागि प्रयास भईरहेका छन । माईती नेपालको मात्रै प्रयासले मानव बेचबिखन पुर्ण नरोकिने अन्य सरकारी गैर सरकारी निकायबाट समेत प्रयास हुनुपर्नेमा संयोजक भट्टले बताईन । कञ्चनपुर प्रहरीले समेत मानव बेचबिखनका लागि निरन्तर प्रयास एव कामकाज गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरतराज गिरीले सीमा क्षेत्रमा निगरानी बढाउनुका साथै जोखिममा परेका मानिसको सीमाबाट उद्धार गर्ने, मानव बेचबिखन गर्ने गिरोहमाथि कानुनी कार्बाही र मानवबेचखिनको क्षेत्रका कार्यरत संघ संस्थासंग समन्वय गरेर मानव बेचबिखन रोकथामबाट न्यूनिकरण गर्ने काम गरिएको बताए ।