उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार

उपन्यासकार मालिका केशरीलाई उत्कृष्ट साहित्य पुरस्कार

  • शनिबार, पुस २, २०७९
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

आभाष उत्कृष्ट साहित्य पुरस्कार, २०७८ साहित्यकार मालिका केशरी उपनामले परिचित प्रकाश कुमार श्रेष्ठलाई प्रदान गरिएको छ ।

पुरस्कार कोषले आज यहाँ आयोजना गरेको कार्यक्रममा केशरीको तिब्बती शरणार्थीको दर्दनाक अवस्थालाई चित्रण गरेर लेखिएको उपन्यास ‘दुङाल’का लागि यो पुरस्कार दिइएको हो । दुई लाख रुपैयाँ नगद र सम्मानपत्रसहितको यो पुरस्कार आज राजधानीमा आयोजित कार्यक्रममा नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखेरलले केशरीका भाइ प्रवीणचन्द्र श्रेष्ठलाई दिएका हुन् । लेखक पारिवारिक भेटघाटका सिलसिलामा अमेरिका रहेकाले उनका भाइले पुरस्कार ग्रहण गरेका हुन् ।

सो अवसरमा अध्यक्ष पोखरेलले उपन्यासमा उठान भएको विषय मार्मिक रहेको बताए । शरणार्थीलाई दमित गर्ने काम भइरहेको उल्लेख गर्दै उनले परिचयपत्र उपलब्ध गराउन पनि हिच्किचाउन नहुने बताए । घृणित अवस्थामा पनि प्रेम अङ्कुरण हुन्छ भन्ने देखाउन लेखक सफल भएको अध्यक्ष पोखरेलले सुनाए ।

कोषका संयोजक उत्तम बस्नेतले भर्खर स्थापना भएको कोषले साहित्यकारलाई प्रोत्साहनस्वरूप पुरस्कार दिन थालेको बताए । कोषले पहिलो पुरस्कार नै ‘दुङाल’लाई दिएको उनले सुनाए । आगामी वर्षमा पनि साहित्यकारलाई छनोट गरी पुरस्कार अर्पण गरिने कोषले जनाएको छ ।

कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्का, समीक्षक राजकुमार बानियाँलगायतले प्रकृति, संस्कृति र प्रेमलाई उपन्यासकार केशरीले उपन्यासमा रोचक तरीकाले प्रस्तुत गरी पाठकको ध्यान तान्न सफल भएको बताएका थिए ।

साहित्यकार केशरीका यसअघि कविता सङ्ग्रह ‘मिरमिरे’ २०५८, र उपन्यासहरू ‘पुरुत्थान’ २०७२ र ‘सुवर्णलता’, २०७४ प्रकाशन भइसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी