काठमाडौंमा मनाईयो झन्डा दिवस

काठमाडौंमा मनाईयो झन्डा दिवस

  • शुक्रबार, पुस १, २०७९
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

काठमाडौं, १ पुस । आज पुस १ गते विभिन्न कार्यक्रम गरी पाँचौं राष्ट्रिय झन्डा दिवस मनाइँदैछ। राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले बसन्तपुर दरवार क्षेत्र स्थित कुमारी घर अगाडी डवलिमा एक कार्यक्रम गरी राष्ट्रिय झण्डा दिवस मनाएको छ ।

माइतीघरदेखि वसन्तपुरसम्म र्‍याली समेत निकालिएको थियो। प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । ०१९ पुस एक गतेको दिन नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा अंगीकृत गरिएको थियो ।

सोही दिनको सम्झनामा प्रतिष्ठानले ०७५ पुस १ गतेदेखि दिवसको रूपमा मनाउँदै आएको छ ।

प्रतिष्ठानले हरेक वर्ष राष्ट्रिय झण्डा दिवस, राष्ट्रिय पोसाक दिवस र राष्ट्रिय टोपी दिवससमेत मनाउँदै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ