सर्लाही, १ पुस । तराईका अधिकांश ठाउँमा शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको छ । बिहिवार देखि बढेको कठ्याङ्ग्रिँदो चिसोले बालबालिका, वृद्धवृद्धा र दीर्गरोगी बढी प्रभावित भएका छन् ।
बाक्लो हुस्सु सँगै शीत झरेपछिअतिविपन्न तथा मजदुर परिवारलाई छाप्रोमा कठिनाईभएको छ । पोशिलो तथा तातो खानेकुरा र न्यानो कपडाको अभावमा उनीहरु कठ्याङ्ग्रिन थालेका छन् । चिसो बढेपछि विपन्न समुदायको बाहुल्यता रहेको बस्तीमा समस्या सुरु भएको स्थानीयवासी रामवली रायले बताए ।
चिसो छल्न स्थानीयवासीले आगो बालेर ताप्न थालेका छन् । भने घरबाट बाहिर निस्कन समेत छाडेका छन् । कठ्याङ्ग्रिँदो चिसोले विद्यार्थीलाई विद्यालय जान समस्या भएको छ भने मजदुर र किसानलाई नियमित काममा निस्कन गाह्रो परेको छ ।
बढी बाक्लो मात्रामा हुस्सु लागेपछि गाउँले आगो बालेर ताप्न थालेको र पशु चौपायालाई पराल ओछ्याउने, बोरा ओढाउनेलगायत काम गर्न थालेका छन्।
चिसोबाट टाउको दुख्ने, कोल्ड डायरिया हुने, छातीमा सङ्क्रमण हुने, रुघाखोकी लाग्नेजस्ता स्वास्थ्य समस्या देखिन थालेको छ ।
बुधबारदेखि बाँकेलगायत पश्चिम तराईमा पनि चिसो बढेको छ । चिसोले बिहान स्थानीयवासी घरबाहिर निस्कन सकेका छैनन् ।
चिसोकै कारण बिरामीसमेत बढेका छन् । चिसोसँगै दम, निमोनिया, रुघाखोकी, ज्वरोलगायत रोगका बिरामी बढेका हुन् । भेरी अस्पतालमा बालबालिका, वृद्धवृद्धा, मुटु, मिर्गौला, फोक्सो, मधुमेह तथा अन्य दीर्घरोगी चिसोले बढेको अस्पतालका सूचना अधिकारी पिजिसियन डा सङ्केत रिसालले बताए। उनका अनुसार अस्पतालमा अहिले दैनिक आउने एक सय बढी बिराममध्ये आधा जति चिसोले समस्या भएर आउने गरेका छन् ।
बाक्लो हुस्सु लागेपछि यहाँका हवाई उडान सेवा प्रभावित हुन थालेको छ । बाक्सो हुस्सु लागेपछि भिजिविलिटी कम हुँदा दुई दिनदेखि राँझा विमानस्थलबाट हुने हवाई उडान प्रभावित भएको हो । दिउँसोको समयमा भने हवाई सेवा नियमित भइरहेको नेपाल नागरिक उड्डयन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका अनुसार राँझा विमानस्थलमा हवाई उडान र अवतरणका लागि एक हजार छ सय मिटर भिजिबिलिटी आवश्यक पर्दछ ।