प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जना पक्राउ

  • बिहिबार, मंसिर २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

बिराटनगर, मंसिर २९ गते । झापा र मोरङको छुट्टा छुट्टै दुई स्थानबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हिजो झापाको मेचिनगर नगरपालिका-१० स्थितमा लागु औषध नियन्त्रण व्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले WB74 BF 5817  नम्वरको स्कुटरमा सवार रहेका भारत  दार्जिलिङका २८ बर्षीय मनोज गिरी र  ३० बर्षीय प्रमोद कुमार राउतलाई संका लागि चेक जाँच गर्ने क्रममा उनिहरुको साथबाट ४३ ग्राम ब्राउन सुगर बरामद गरेको हो भने लागु औषध नियन्त्रण व्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१६ स्थितमा भारत बाट नेपाल आउदै गरेको प्रदेश १-०४-००१ प ३१०२ नमवरको मोटरसाईकलमा सवार रहेका छथरजोरपाटी गाउपालिका-१ धनकुटाका २० बर्षीय मिङमा शेर्पा र धनकुटा नगरपालिका-१ का १९ बर्षीय  सुमन तामाङलाई ०.८५ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ