ट्राफिक प्रहरीले जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे सवारी धमाधम कारवही गर्दै

ट्राफिक प्रहरीले जथाभावी पार्किङ गरिएका चार पाङ्ग्रे सवारी धमाधम कारवही गर्दै

  • बिहिबार, मंसिर २९, २०७९
  • दिपक चौरसिया

  • 4.4K
    SHARES

बिरगंज २९ मंसिर । बीरगंजलाई बेवस्थि गर्न जिल्ला ट्राफिक कार्यालय पर्साले अभियान शुरु गरेको छ । जिल्ला ट्राफिक कार्यालय पर्साले अहिले जथाभावी पार्किङ गरेर राखेको चार पाङ्ग्रे सवारी साधनहरुलाई धमाधम कारवही गर्न थालेको छ।

बीरगंजको मुख्य सडक माइस्थान देखि नारायणी अस्पताल सम्म चार पाङ्ग्रे गाडीहरुलाई व्यवस्थित गर्न चार ठाउँमा तोकिएको भए पनि अवस्थित तरिकाले राखेको भन्दै बिर्ता बाट १० देखि १२ वटा सवारी साधनलाई कारवही गरिएको हो ।

बीरगंजलाई बेवस्थित बनाउने अभियानमा अहिले जिल्ला ट्राफिक कार्यालय पर्सा लागि परेको ट्राफिक प्रहरी निरिक्षक ध्रुव दहालले बताएका छन । आफुहरुले बुधबार बिहान देखि बेलुकी सम्म १२ वटा चार पाङ्ग्रे सवारीसाधनलाई कारवही गरिएको बताए । कारवहीमा पर्ने अधिकास डाक्टरहरुको सवारीसाधन रहेको र कानुन बमोजिम रु ५०० देखि १५०० सम्म जरिवाना लाग्ने गरेको छ।

बा २० च ८३०१ नम्बरको रातो हुन्डाइको कार,बा १८ च २९५० कालोमा खैरो रङ्गको बा १२ च २९०१ स्कारपीयो लगायतका १२ वटा सवारीसाधन कारवहीमा परेका छन ।
आफुहरुले एक पटक अर्थात डाक्टरहरुले गल्ती सुइकार गरेकाले रु ५०० मात्र जरिवाना गरेर छोडिएको अर्को पटक फेला परेको खण्डमा कडाइका साथ कारवही गरिने चेतावनी दिदै महानगरपालिकाले तोकिएको पाँच ठाउँमा पार्किङ गर्न निर्देशन दिएको निरिक्षक दाहालले बताएका छन ।

अहिले बीरगंजलाई बेवस्थित गर्न सबैको साथ र सहयोग आवश्यकता रहेकोले यो अभियानमा लाग्न नगरबासीहरुलाई आग्रह गर्नु भएको छ उहाँले भने हामी कसैलाई कारवही गर्न चाहदैनन् तर के गर्ने अटेरी गरेपछि बाध्य भएर कानुन बमोजिम जरिवाना गरिएको निरिक्षक दाहालले बताएका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी