उषालाई भूपी काव्य पुरस्कार

उषालाई भूपी काव्य पुरस्कार

  • बिहिबार, मंसिर २९, २०७९
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाण्डौ । यस वर्षको भूपी काव्य पुरस्कार साहित्यकार उषा शेरचनलाई प्रदान गरिने भएको छ । कवि भूपी शेरचनको स्मृतिमा उनको परिवारबाट स्थापित र थकाली सेवा समिति पोखराद्वारा सञ्चालित यो पुरस्कारको राशि नगद ५० हजार, दोसल्ला र सम्मानपत्र छ ।

पुरस्कार छनोट समितिको सोमबार बसेको बैठकले यस वर्षको पुरस्कार शेरचनलाई प्रदान गर्ने निर्णय गरेको समिति संयोजक अशोककुमार भट्टचनले जानकारी दिए । पुस १० गते ८९ औँ भूपी जयन्तीकोे अवसरमा पोखरामा हुने कार्यक्रममा उषालाई उक्त पुरस्कार प्रदान गरिनेछ ।
पुरस्कार छनोट समितिमा साहित्यकार सरुभक्त श्रेष्ठ, पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, थकाली सेवा समिति अध्यक्ष इन्जिनियर रुजिन्द्र तुलाचन र कार्यसमिति सदस्य ज्योति शेरचन थिए । हरेक २ वर्षमा दिइँदै आएको यो पुरस्कारबाट यसअघि साहित्यकार सरस्वती प्रतीक्षा, मोमिला, रत्नशमशेर थापा र तीर्थ श्रेष्ठ पुरस्कृत भइसकेका छन् ।

विस १९९२ पुस १० गते मुस्ताङमा जन्मिएका भूपीका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कवितासंग्रह (२०२५), परिर्वतन नाटक (२०१०), नयाँ झयाउरे कविता (२०१०) र निर्झर कविता (२०१५) प्रकाशित छन् । उषाका नजन्मेका आस्थाहरु कविता संग्रह (२०४८), अक्षरहरुका शिविरबाट मुक्तक संग्रह (२०५६), सर्वकालीन पीडा र जागृतिका शंखघोष कविता संग्रह २०६३, तेस्रो रङ्ग कथा संग्रह (२०७०), आँधी उपन्यास (२०७६) लगायत दर्जनभन्दा बढी कृति प्रकाशित छन् ।

उनी यसअघि व्यथित काव्य पुरस्कार २०४३, व्यथित काव्य वनिता पुरस्कार (२०६९), योगेश्वर कला सहित्य पुरस्कार (२०७०), नातिकाजी संगीत पुरस्कार (२०७२), बासु शशि स्मृति वानीरा पुरस्कार (२०७८), पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार (२०५७) बाट पुरस्कृत भईसकेकी छन् । उनले रत्नश्री सुवर्ण पदक २०४०, कविता महोत्सव पदक (२०४५), वीरेन्द्र ऐश्वर्य सेवा पदक (२०५८), विश्वनारी नेपाली साहित्य पदक (२०७१), भानुभक्त स्वर्ण पदक (२०७१) र सत्यमोहन जोशी शताब्दी पदक (२०७३) पाइसकेकी छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी