मंसीर २७ काठमाण्डौँ । काभ्रेको बेथानचोकमा बस दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ ।
बेथानचोकमा भान्जाको व्रतबन्धमा सामेल भएर पनौती फर्कने क्रममा बा ३ ख ४५८५ नम्बरको बस दुर्घटना भएको प्रहरीले जनाएको छ । तीव्र गतिमा रहेको बस सडकमै पल्टिएर दुर्घटना भएको प्रहरीले बतायो ।
तीन जनाको घटनास्थलमै र १४ जनाको अस्पतालमा मृत्यु भएको हो ।
ब्रतबन्ध कार्यक्रममा सहभागी भएर रिजर्भमा पनौती फर्कदै गरेका स्थानीय दुर्घटनामा परेका हुन् ।
अझै केही घाईते रहेको र मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline