सरकारले रेशम चौधरी लगायतलाई छुटाउन ल्याएको अध्यादेशविरुद्ध त्रिचन्द्रका विद्यार्थी आन्दोलित

सरकारले रेशम चौधरी लगायतलाई छुटाउन ल्याएको अध्यादेशविरुद्ध त्रिचन्द्रका विद्यार्थी आन्दोलित

  • मङ्लबार, मंसिर २७, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.4K
    SHARES

काठमाडौं, २७ मंसिर । सरकारले फौजदारी मुद्दाको सजाय भोगिरहेका रेशम चौधरी, मोहमद आलमलगायतलाई उन्मुक्ति दिने गरी अध्यादेश ल्याएको भन्दै त्रिचन्द्र क्याम्पसका विद्यार्थी आन्दोलित बनेका छन्।

आज बिहान त्रिचन्द्र क्याम्पस अगाडि विद्यार्थीहरुले नाराबाजी गरेका हुन्। अनेरास्ववियु त्रिचन्द्र क्याम्पस कमिटीको आयोजनामा भएको विरोध कार्यक्रममा विद्यार्थीहरुको उल्लेख्य सहभागीता थियो ।
गठे सरकार बनाउन प्रमादेश, अपराधीलाई छुटाउन अध्यादेश, रेशमलाई देखाउने आलामलाई छुटाउने, लगायत नारा लेखिएका प्लेकार्ड लिएर विद्यार्थीहरुले नाराबाजी गरेका थिए।

सरकारले मुलुकी फौजदारी अपराध संहिता (२०७४) संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेपछि चौतर्फी विवाद सुरु भएको छ। रेशम चौधरीको रिहाइ लागि सरकारले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पेस गरिएको छ। आइतबारको मन्त्रिपरिषद् बैठकले ल्याएको अध्यादेश प्रमाणीकरणका लागि सोमबार शीतल निवास पठाइएको छ।

टीकापुर घटनाका राजबन्दी, विप्लव र सीके राउतका कार्यकर्ताको मुद्दा रिहाइका लागि सरकारले अध्यादेश ल्याएको हो। आइतबारको मन्त्रिपरिषद् बैठकले मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न सम्माननीय राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ