हनिट्रयापमा पार्ने र पैसा असुल्ने कार्यमा संलग्न दुई महिला सहित तीन पक्राउ

हनिट्रयापमा पार्ने र पैसा असुल्ने कार्यमा संलग्न दुई महिला सहित तीन पक्राउ

  • आइतवार, मंसिर २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

मंसीर २५ काठमाण्डौँ । दाङ तुलसीपुरका एक ब्यापारीसँग यौन सम्बन्धको प्रस्ताव गरि ठूलो रकम वार्गेनिङ गर्ने दुई महिला सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

गढवा गाउँपालिका ६ घर भई हाल तुलसीपुर ६ दशरथ टोल बस्ने ३५ वर्षीया अनुष्का सिंह भन्ने कृष्णा गहतराज, तुलसीपुर उपमहानगरपालिका १८ की ३८ वर्षीया कृष्णाकुमारी बस्नेत र घोराही उपमहानगरपालिका १० नारायणपुरका २६ वर्षीय जनक भनिने रुद्रबहादुर केसी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।

उनीहरुलाई घोराही १६ मा रहेको कबिला रिसोर्टबाट पक्राउ गरिएको दाङका प्रहरी प्रवक्ता डीएसपी राजन गौतमले जानकारी दिए।
बलात्कारको मुद्दा हाल्ने भन्दै उनीहरुले पीडित व्यवसायीसँग करोडौं रुपैयाको बार्गेनिङ गर्ने गरेका थिए।

‘मोबाइलका म्यासेज र कल रेकर्ड हेर्दा करोडबाट बार्गेनिङ सुरु हुन्छ’ डीएसपी गौतमले भने ‘पीडितले आएर उजुरी गर्नुभयो। उजुरीपछि रिसोर्टमा बार्गेनिङ गर्दै गरेको अवस्थामा उनीहरुलाई नियन्त्रणमा लिएका हौं।’

पछिल्लो समय पुरुषसँग सम्बन्ध बढाउने अनि सम्बन्धलाई हतियार बनाएर पैसाको ठूलो बार्गेनिङ गर्ने प्रचलन बढेको छ। तर थोरै मात्र प्रहरीमा उजुरी पर्ने गरेको छ। कतिपय पर्याप्त प्रमाण नहुँदा र आफ्नो बेइज्जत हुने डरले प्रहरीकोमा जाँदैनन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ