रवि लामिछाने नेतृत्वको पार्टीमा समानुपातिक सांसद छनौटमा भेदभाव भएको भन्दै असन्तुिष्ट

रवि लामिछाने नेतृत्वको पार्टीमा समानुपातिक सांसद छनौटमा भेदभाव भएको भन्दै असन्तुिष्ट

पुराना पार्टीलाई धक्का हानीयो तर रास्वपा भित्रै त्यसको दुरुपयोग भयो

  • आइतवार, मंसिर २५, २०७९
  • मिर्मिरे अनलाइन

  • 4.6K
    SHARES

मंसीर २५ काठमाण्डौँ । रवि लामिछानेले नेतृत्व गरेको राष्ट्रिय स्वतन्त्र पार्टीमा समानुपातिक सिट बाँडफाँडलाई लिएर तीव्र बनेको छ ।

उक्त पार्टीका केन्द्रीय सदस्य तथा समानुपातिकको खस आर्यको दोस्रो नम्बरमा रहेका गणेश कार्की नेतृत्वको टिमले असन्तुष्टी व्यक्त गरेको छ । उनले पार्टीका महामन्त्री तथा प्रवक्ता मुलुक ढकालले आफ्नो गुरुआमालाई र आफ्ना कर्मचारीलाई अवसर दिएको आरोप लगाएका हुन् ।

यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए,’ उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका छन् ।

उनले १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको र आफू खसआर्य खुल्लातर्फको दोस्रो नम्बरमा र दीपक बोहोरा तेस्रो नम्बरमा रहेको स्मरण पनि गराएका छन् ।

‘जति प्रयास गरे पनि थिति बसाउन सकिएन । म अन्तिमसम्म थिति, विधि भन्दै आवाज उठाइरहेँ । यत्रा मानिसहरूले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिन । मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु । तर यो यात्रा रमाइलो थियो । पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो । यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु ।’

पार्टी भित्र यस अघि पनि अन्तरघात जस्ता विभिन्न विषयलाई लिएर असन्तुष्टिहरु प्रकट हुँदै आएका छन् ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ