सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु

  • शनिबार, मंसिर २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

बिराटनगर, मंसिर २४ गते । झापा र मोरङको छुट्टा छुट्टै स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । हिजो राती साढे ९ बजे   झापाको बाह्रदशी गाउँपालिका-३ स्थित चारपाने-राजगढ सडक खण्डमा प्रदेश १-०१-००१ त ८९०७ नम्बरको ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा घाईते भएका ट्याक्टरका चालक बाह्रदशी-३ का २२ बर्षीय लखिराम सतारलाई उपचारार्थ प्रादेसिक अस्पताल भद्रपुर लगिएकोमा चेकजाँचको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए भने मोरङको लेटाङ नगरपालिका-९ स्थितमा रहेको तेली खोलाको निर्माणाधिन पुलमा को.१ख ४०७७ नम्वरको मिक्सचर मेसिनले सुर्य एण्ड सन्स कन्ट्राक्सन कम्पनीमा कार्यरत ओभरसियर लहान नगरपालिका-१४ सिरहाका २४ बर्षीय सुनिल साहलाई ठक्कर दिदा उनको घटना स्थलमा नै मृत्यु भएको हो ।

दुर्घटनामा संलग्न रहेका चालक शम्भु राजधामीलाई इलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिई घटना सम्वन्धमा थप अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ