दलहरुले समानुपातिक सांसदको नाम बुझाउने आज अन्तिम दिन

दलहरुले समानुपातिक सांसदको नाम बुझाउने आज अन्तिम दिन

  • शनिबार, मंसिर २४, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौं मंसीर २४। निर्वाचन आयोगले समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न दिएको समयसीमा आज सकिँदैछ । आज चार बजे सम्मको समय दिईए पनि दलहरुले अझै नाम टुंगो लगाउन सकेका छैनन् ।
सात वटा दलले थ्रेस होल्ड कटाएकाले उनीहरुले समानुपातिक सांसदहरु क्लष्टर अनुसार पठाउनु पर्नेछ ।

नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले शनिबार पार्टीको बैठक बोलाएर अन्तिम नामावली तय गर्ने तयारीमा छन् ।

यही मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको समानुपातिक सिट बाँडफाँट अनुसार सबैभन्दा धेरै एमालेले ३४ पाएको छ । यसैगरी, ३२ सांसदसहित दोस्रो स्थानमा रहेको कांग्रेस रहेको छ भने माओवादी केन्द्रले १४ र राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट पाएको छ ।

यस्तै, राप्रपाले ७, जसपाले ५ र जनमतले ५ सिट पाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ