प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्धको महाअभियोग निष्क्रिय नहुने अदालतको ठहर

प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरा बिरुद्धको महाअभियोग निष्क्रिय नहुने अदालतको ठहर

  • शुक्रबार, मंसिर २३, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

मंसीर २३ काठमाडौं । सर्वोच्च अदालतले संसद महासचिवको पत्र कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेका छ ।

कामू प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसहित न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराको निलम्वन ‘निष्प्रभावी’ हुने भनी संसद महासचिव भरतराज गौतमले दिएको पत्र तत्काल कार्यान्वयन नगर्नु भनी अन्तरिम आदेश जारी गरेको हो ।

आदेशमा पत्रको व्यहोरा कार्यान्वयन नगर्नु भनी उल्लेख भएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतले के कति कारणले पत्र लेखिएको हो भन्नेवारे जवाफ दिन समेत संघीय संसदका महासचिवको नाममा आदेश जारी गरेको छ ।

संवैधानिक इजलासले संसद सचिवालयका महासचिवलाई यसरी पत्र लेख्ने अधिकार नभएको जिकिर गरेको छ । यसले अवकाश अघि सर्वोच्च फर्कने राणाको प्रयास असफल भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ