मंसीर २३ काठमाण्डौँ । प्रधानमन्त्री बन्न दौडधुप गरिरहेका काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईसँग भेटवार्ता गरेका छन् ।
आज नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा नयाँ सत्ता समीकरणका विषयमा छलफल भएको छ।
भेटमा क्रममा कांग्रेस नेता पौडेलले आफूलाई प्रधानमन्त्री बनाउने भूमिका खेल्न प्रचण्ड र भट्टराईसँग सहयोग मागेका छन्। उनले छलफलका क्रममा अब कांग्रेसको संसदीय दलको नेतामा आफू पनि लड्ने जानकारी गराएका थिए ।
उनले आफूलाई प्रधानमन्त्री बनाउन सहयोग गर्न प्रचण्डलाई बिशेष आग्रह गरेको बुझिएको छ ।
काँग्रेस भित्र सभापति देउवा, पौडेल र गगन थापा प्रधानमन्त्री बन्न प्रयासरत रहेका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline