मंसीर २३ काठमाण्डौँ । महाअभियोग लागेर निलम्वनमा परेका प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च भित्र छिर्न नदिन मुल गेटमै ताला लगाईएको छ । कानुन व्यवशायीहरुले धर्ना दिने र प्रवेश गर्न खोजे अवरोध गर्ने तयारी गरेपछि सर्वोच्च परिसरमा आज पनि बाक्लो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ ।
नयाँ संसदको निर्वाचन सकिए लगत्तै संसदका महासचिव मनोहर गौतमले व्यक्तिगत तजविजिमा महाअभियोग निष्क्रिय भएको पत्र दिएपछि राणा अदालत आउन बुधबार देखि नै प्रयासरत थिए ।
दलहरुले भने उनको निलम्वन फुकुवा भईनसकेको र सार्वभौम संसदको निर्णय महासचिवले गर्न नसक्ने भन्दै आपत्ति जनाएका छन् ।
राणा विदा बस्नु अघि अदालतमा हाजिर गर्ने सोचमा थिए । राणाले अब केही समयमै अवकाश पाउदैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline