कुन दलले समानुपातिकमा कति सिट पाँउदैछन् ? आज घोषणा गर्दै आयोग

कुन दलले समानुपातिकमा कति सिट पाँउदैछन् ? आज घोषणा गर्दै आयोग

  • बुधबार, मंसिर २१, २०७९
  • मिर्मिरे अनलाइन

  • 2.8K
    SHARES

मंसीर २१ काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि र प्रदेश सभाको समानुपातिकतर्फको सिट बाँडफाँट आज गर्ने भएको छ ।

समानुपातिकतर्फको मतगणना सम्पन्न भएकाले बुधबार सिट बाँडफाँट गर्ने तयारी भइरहेको आयोग स्रोतले बताएको हो । प्रतिनिधि सभाको समानुपातिकतर्फ १ करोड ५ लाख ६० हजार ८२ मत सदर भएको छ । जसमा नेकपा एमालेले सबै भन्दा धेरै २८ लाख ४५ हजार ६ सय ४१ मत प्राप्त गरे गरेको छ । नेपाली कांग्रेसले २७ लाख १५ हजार २ सय २५ मत प्राप्त गरेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले ११ लाख ७५ हजार ६ सय ८४ र राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत प्राप्त गरेका छन् । आयोगले सदर मत अनुसार थ्रेसहोल्ड कटाएका कुन(कुन दलले कति(कति सिट प्राप्त गर्छन् भन्ने कबारेमा घोषणा गर्ने छ । समानुपातिकतर्फ एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपाले ५ र जनमत पार्टीले ५ सिट पाउने सम्भावना रहेको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षमा जितेका नेकपा एकीकृत समाजवादी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र नेमकिपाले भने थ्रेसहोल्ड कटाउन नसक्दा समानुपातिकतर्फको सिट पाउने छैनन् । आयोगले सिट घोषणा गरेपछि दलहरुले बन्द सूचीमा समावेश भएका नामबाट समावेशी प्रतिनिधित्वको सिद्धान्त अनुसार सांसद तोक्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ